काठमाडौं । रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा नम्बर ८ धोबिनियामा सडक खन्ने क्रममा विवाद हुँदा गोली चलेको छ । गोली प्रहारबाट एक जनाकाे मृत्यु भएकाे छ भने अर्काे एकजनाकाे अवस्था सामान्य छ।

स्थानीय ५० वर्षीय राजकुमार यादवको टाउकोमा गोली लागेको थियाे । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) वीरबहादुर बुढा मगरका अनुसार उनलाई उपचारका लागि वीरगन्ज पठाइएको थियाे र उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

गोली लागि घाइते अर्का ४० वर्षीय निरञ्जन यादवको अवस्था सामान्य छ । उनको खुट्टामा गोली लागेको छ । उनी र झडपमा घाइते अन्य दुईको स्थानीय ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।

एसपी मगरलका अनुसार ‘सडक खुलाउने क्रममा कसको जग्गा कति दिने भन्ने विषयमा झडप भएको थियाे’ गोली चलाउने युवकलाई हतियार सहित प्रहरीले नियन्त्रणमा लिएको छ तर नाम भने खुलाएको छैन । एसपी मगरका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार