हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

जथाभावी बाटो काटे हजार जरिवाना ,मोटरसाइकलमा पछि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनु पर्ने

सरकारले सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा जथाभावी सडक काट्ने यात्रुलाई एक हजार रुपैँया जरिवाना प्रस्ताव गरेको छ ।

Advertisement

मस्यौदामा ट्राफिक प्रहरीको इसारामा उल्लंघन गरेमा तीन हजार, निषेधित क्षेत्रमा हर्न बजाएमा दुई हजार, मोबाइल प्रयोग गरी सवारी चलाएमा पाँच हजार, सडक अनुसाशन उल्लंघन गर्ने पैदल यात्री यात्रुलाई एक हजार, मादक पदार्थ सेवन(मापासे) गरी सवारी चलाएमा पाँच हजार तर त्यस्तो सवारी सार्वजनिक सवारी भएमा १० हजार रुपैँया जरिवाना लिने व्यवस्था गरेको छ ।

Advertisement

त्यसैगरी मिटर ट्याक्सीले मिटरमा जान नमानेमा १५ हजार रुपैँया जरिवाना प्रस्ताव गरिएको छ । विधेयक प्रावधान लागू भएमा मध्यम र लामो दूरीमा यात्रा गर्ने सबै यात्रुले अनिवार्य रुपमा सुरक्षा पेटी बाँध्नुपर्नेछ । लामो र मध्यम दूरीमा सवारी दुर्घटना बढ्दै गएपछि सरकारले सो व्यवस्था गर्न लागेको जनाएको छ ।

त्यस्तै, मोटरसाइकल तथा अन्य त्यस्तै दुई पाङग्रे सवारी चलाउँदा चालक तथा पछाडि बस्ने यात्रुले सुरक्षा हेल्मेट लगाउनुपर्ने व्यवस्था छ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)