हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

नेपाललाई उछिन्दै भारत शीर्ष स्थानमा

काठमाडौँ । दक्षिण एसियाली खेलकूद (साग) मा नेपाललाई उछिन्दै भारतले अग्रता बनाएको छ । बुधबारसम्म नेपालले जम्मा ६९ पदक जितेको छ । जसमा स्वर्ण २९, रजत १५ र कांस्य २५ समावेश छ ।

Advertisement

यसैगरी भारत ३३ स्वर्ण, २४ रजत र १३ कांस्यसहित ७० पदक जित्दै पदक तालिकामा शीर्ष स्थानमा रहेकाे छ । यसअघि नेपालले लिड गर्दै आएकाेमा बुधबार साँझयता भारतले अग्रता बनाउँदै नेपाल दोस्राे स्थानमा रहेकाे हाे ।

Advertisement

यसैगरी तेस्रो स्थानमा रहेको पाकिस्तानले ९ स्वर्ण, १८ रजत र १८ कांस्यसहित ४५ पदक जितेको छ भने चौथो स्थानमा रहेको श्रीलंकाले ८ स्वर्ण, २३ रजत र ३८ कांस्यसहित ६९ पदक जितेको छ ।

पाँचौ स्थानमा रहेको बंगलादेशले ४ स्वर्ण, ७ रजत र २६ कांस्यसहित ३७ पदक जित्दा माल्दिभ्स १ स्वर्ण र २ कांस्य जितेर छैटौँ स्थानमा रहेको छ । यता तालिकाको पुछारमा रहेको भुटानले ४ कांस्य जितेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)