हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

पुन: निर्माणका लागि भारतीय दूतावास र इंडियन कल्चरल हेरिटेजबीच सम्झौता

काठमाडौँ। भूकम्पमा भत्किएका ११ संरचनाको पुनःनिर्माणका लागि काठमाडौं स्थित भारतीय राजदूतावासले इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेजसँग एक सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।

Advertisement
उक्त सम्झौतापत्रमा भारत सरकारको तर्फबाट काठमाडौं स्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा.अजयकुमार तथा INTACH का सदस्य सचिव श्रीमती डा.सिटी मिश्राले बिहिबार हस्ताक्षर गरेका हुन्।

Advertisement
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका वरिष्ठ अधिकारी तथा नेपालकालागिभारतीय राजदूत मन्जीवसिंह पुरीको पनि उक्त समारोहमा उपस्थिति रहेको थियो। INTACH ले काठमाडाैँ, ललितपुर, भक्तपर र सोलुखुम्बु गरी चार जिल्लाका ११ वटा साँस्कृतिक सम्पदाको पुनःनिर्माणका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा प्रदान गर्नेछ।
साँस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि नेपाल सरकारले तयार पारेको निर्देशिका अनुरुप साँस्कृतिक सम्पदाहरुको पुनःनिर्माण तथा संरक्षणका लागि INTACH ले नेपाल संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागसँग मिलेर काम गर्नेछ। भारत भर १९० भन्दा बढी शाखाहरु रहेको यस क्ष्ल्त्ब्ऋज् विश्वको सबैभन्दा ठूलो साँस्कृतिक सङ्घठनहरु मध्येकोे एक हो।
सन् २००७ मा संयुक्तराष्ट्र संघ आर्थिक तथा सामाजिक परिषद्का लागि INTACH लाई विशेष परामर्शदात्रीको रुपमा लिइएको थियो।
तस्बिरः मुकुन्द कालिकोटे

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)