हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

वडाध्यक्ष हत्या प्रकरण : ७ जना पक्राउ

अछाम। पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का अध्यक्ष पदमबहादुर धामीको हत्या अनुसन्धानका लागि प्रहरीले सात जनालाई पक्राउ गरेको छ। २० गते राति धामीसँगै रहेका सात जनालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो।

Advertisement

धामीको सोमबार राति घर नजिकै हत्या भएको थियो। हत्यारा पत्ता लगाउन प्रहरीको केन्द्रीय अनुसन्धान टोली बुधबार बिहान घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ।

Advertisement

घटनाको निष्पक्ष छानबिनको माग गर्दै बुधबार बिहानदेखि विनायक बजार बन्द गरिएको छ। मृतकका आफन्तले अनुसन्धानमा ढिलाइ गरेको भन्दै चक्काजाम र प्रदर्शन गरेका हुन्।

प्रदर्शनका कारण विनायक क्षेत्रमा सवारी आवगमन बन्द भएको छ। धामी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। धामी वडाध्यक्ष हुनुअघि शिक्षण पेशामा संलग्न थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)