हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

स्याङ्जा जिल्लामा ५८ करोडको सुन्तला

सुन्तला ‘सुपर जोन’ का रूपमा रहेको स्याङ्जा जिल्लामा यो वर्ष ५७ करोड ९८ लाख ४० हजार रुपियाँको सुन्तला उत्पादन भएको छ ।

Advertisement

सुन्तला उत्पादनमा अग्रणी तथा मीठो र राम्रो सुन्तलाले परिचित यहाँ गत आर्थिक वर्षभन्दा ११ करोड १७ लाख १० हजार ९७६ रुपियाँको मात्र सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र कार्यालयका प्रमुख शालिकराम अधिकारीले बताए । यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि भएको छ ।यहाँ एक हजार ९९० हेक्टरमा सुन्तला बगँैचा छन् ।

Advertisement

यद्यपि सुन्तला उत्पादन भने एक हजार १९४ हेक्टर क्षेत्रफलमा १२ हजार ८० मेट सुन्तला उत्पादन भएको केन्द्रले जनाएको छ ।गत आर्थिक वर्षभन्दा कम सुन्तला उत्पादन भए पनि गत वर्ष यो वर्षको भन्दा बढी मूल्य किसानले पाउन सफल भएका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)