हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा ७ जनालाई हात्ती पाइलेको संक्रमण ,माघ २५ देखि औषधि खुवाउने अभियान

हल्दिवारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा हात्ती पाइले रोग विरुद्ध आम औषधि सेवन अभियान गाउँपालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेन सभापतित्वमा सम्पन्न भएको छ ।

Advertisement

हात्ती पाइले रोग विरुद्ध आम औषधि सेवन अभियान लाई सहयोग पुर्याउन जनप्रतिनिधि ,कर्मचारी ,शिक्षक ,नागरिक अगुवा तथा संचारकर्मिलाई गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनले आह्वान गर्नुभएको छ। आफुबाटै औसधि खाएर केही नहुने प्रत्याभूती दिनु पर्नेमा उहाँको जोड थियोे ।

Advertisement

यहि माघ २५ देखि ७ दिनसम्म संचालन हुने औषधि खुवाउने कार्यक्रम ५ वटै बडा ,विद्यालय ,र घरमै पुगेर खुवाउने व्यवस्था स्वास्थ शाखाले गरेको बताइएको छ।गाउँपालिका भित्र ३० हजार भन्दा बढिलाई औसधि खुवाउने स्वास्थ शाखा प्रमुख पुष्कर निरौलाले गोष्ठीमा जानकारी दिनु भयो ।

६४४० घर सङ्ख्या रहेको हल्दिवारीमा हात्ती पाइले रोग विरुद्धको औसधि खुवाउने कार्यक्रममा १३३ ( कार्यदिन )स्वास्थकर्मि तथा ३२ स्वयंसेविकाले हात्ती पाइले रोग विरुद्धको औषधि खुवाउने अभियानमा प्रत्यक्ष सरिक हुनेछ्न ।हल्दिवारी गाउँ पालिका स्वास्थ शाखामा रहेको तत्थ्याङ्गक अनुसार ७ जना हात्ती पाइले रोगका रोगी रहेको पाइन्छ ।

उक्त गोष्ठीमा गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेन ,उपाध्यक्ष डम्बर बहादुर गिरि ,प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगर , वडा अध्यक्षहरु ,विभिन्न विद्यालयहरुका प्र अ ,संघसंस्थाका प्रतिनिधि,कर्मचारी तथा संचारकर्मिहरुको उपस्थित रहेकोे थियोे ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)