हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारी नमुना माविमा नर्सिङ सेवा शुरु

हल्दिवारी गाउँपालिका स्थित वडा नम्बर २ मा रहेको हल्दिवारी माविमा आपतकालीन सेवा दिने उदेश्यले नर्सिङ सेवा शुरु भएको छ ।

Advertisement

Advertisement

नमुना विद्यालयको रूपमा संचालित हल्दिवारी मावीका विद्यार्थीलाई स्वास्थ उपचारको लागि सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य निर्देशालय , प्रदेश न. १ बाट बिधालय नर्स पद को करार सेवामा कर्मचारी नियुक्ति गरिएको प्रदेश सभा सदस्य तथा हल्दिवारी माविका भुपु विद्यार्थी पूर्णसिंह राजवन्सिले बताउनु भयो ।

नेपाल सरकारले प्रत्येक विद्यालयमा नर्स को दरबन्दी खडा गरि सेवा प्रदान गर्ने भनेता पनि लागू हुन भने नसकी रहेको अवस्थामा झापा मै पहिलो पल्ट हल्दिवारी माविमा नर्सिङ सेवा शुरु भएको छ ।

सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य निर्देशालय , प्रदेश न. १ बाट कराार सेवामा ललिता मेचे लाई नियुक्ति गरि हल्दिवारी माविमा पठाएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)