हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

५ दिने रक्तदान उत्प्रेरक प्रशिक्षक प्रशिक्षण सुरु

नेपाल रेडक्रस सोसाइटी प्रदेश नम्बर ३, केन्द्रीय रक्तसञ्चार केन्द्रको आयोजना र अन्तराष्ट्रिय नेपाली रक्तदाता संघ, NRNA BTS TT, नेपाल थैलेसीमिया समाज को सहकार्य र स्वास्तिक लाउन्ज एण्ड बेन्किटको सहयोगमा सोमबार देखि ५ दिने रक्तदान उत्प्रेरक प्रशिक्षक प्रशिक्षण सुरु भएको छ ।

Advertisement

अन्लाईन मार्फत आबेदन लिएर १२८ जनाबाट अन्तर्वार्ता मार्फत ३२ छनोट भएका युवा स्वमसेवक रक्तदान गर्नको लागी उत्प्रेरित गराउन प्राविधिक र ब्यबहारिक सिपको बारेमा प्रशिक्षण दिइने छ । प्रशिक्षणको उदघाटन समारोहको अध्यक्षता नेपाल रेडक्रस सोसाईटी प्रदेश न. ३ अध्यक्ष भोलानाथ रुपाखेतीले गर्नु भएको थियो ।

Advertisement

उदघाटन समारोहममा नेरेसो कार्यवाहक अध्यक्ष महेन्द्र सिह, महामन्त्री देवरत्न ध्वाख्वा, नेरेसो रक्तसंचार सेवा केन्द्र कामु कार्यकारी निर्देशक डा. मनिता राजकर्णिकार, नेरेसो प्रदेश न. ३ को महासचिव रामजी पौडेल, गैरआवासीय नेपाली संघका कार्यकारी निर्देशक हेमन्त दवडी, नेपाल थालेसिमिया सोसाइटी दुर्गा पाठक ,अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ सचिव तथा नेपाली रक्तदाता संघ का अध्यक्ष राहुल रेग्मी लगायतले सम्बोधन गर्नु भएको थियो ।

प्रशिक्षण पुष ०४ गते शुक्रबार सम्म नेरेसो केन्द्रिय कार्यलयमा संचालन हुनेछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)