काठमाडौँ — पाँच दिने भारत भ्रमण सकेर नेपाल फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच भेटवार्ता सुरु भएको छ । सभापति लामिछाने प्रधानमन्त्री शाहसँगको छलफलका लागि भर्खरै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रवेश गरेका हुन् ।

​बालुवाटार स्रोतका अनुसार, आजको छलफल मुख्यगरी रास्वपाको आगामी महाधिवेशन, लामिछानेको दिल्ली भ्रमणको सन्देश र सरकारको कार्यसम्पादनमा केन्द्रित रहनेछ ।

​आगामी असार दोस्रो साता चितवनमा रास्वपाको महाधिवेशन तय भएको छ । सरकारको वरिष्ठ साझेदार दलको महाधिवेशनको तयारी, नयाँ राजनीतिक समीकरण, दिल्ली संस्थापनले दिएको सन्देश तथा सरकारका मन्त्रीहरूको कार्यसम्पादन समीक्षाबारे दुई नेताबीच सघन बातचीत हुन लागेको बुझिएको छ ।

​भ्रमणका क्रममा नयाँ दिल्लीमा भएका उच्चस्तरीय राजनीतिक भेटघाटका फेहरिस्त र त्यहाँबाट प्राप्त सन्देशबारे लामिछानेले प्रधानमन्त्री शाहलाई बिफिङ गर्ने कार्यसूची रहेको स्रोतले जनाएको छ । सरकारको प्रभावकारिता र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पनि दुई नेताबीच समीक्षा हुने बताइएको छ । फाइल फोटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार