विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) द्वारा भारतद्वारा सार्वजनिक गरिएको नक्सा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरिएको विरुद्धमा देशव्यापी प्रदर्शन गरिएको छ ।

यसै अन्तर्गत अखिल (क्रान्तिकारी) मेची कोसी क्षेत्रीय समन्वय समितीद्वारा झापाको दमकमा हजारौं विद्यार्थीसहित विरोध प्रदर्शन गरिएको छ ।

विरोध प्रदर्शनमा सङ्गठनका केन्द्रिय सदस्य नास्दा सुवेदी लगायतका नेताहरूले सम्बोधन गरेका छन् ।
अखिल (क्रान्तिकारी)मेची कोसी क्षेत्रीय समन्वय समिति द्वारा अायोजित कार्यक्रम विभिन्न जिल्लाबाट बिधार्थीहरुको उपस्थिति रहेको अखिल क्रान्तिकारी झापाले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार