काठमाडौँ। उपत्यकाभित्र चल्ने सवारी साधनलाई कण्डिसनमा राख्न ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले एक महिने अल्टिमेटम दिएका छन्।

भिजिट नेपाल २०२० लाई मध्यनजर राखी महाशाखामा सबै सरोकारवालाहरूलाई बोलाईएको छलफलमा ट्राफिक प्रमुख ढकालले त्यस्तो अल्टिमेटम दिएका हुन्।

छलफल कार्यक्रममा बोल्दै ढकालले काठमाडौं उपत्यकामा चल्ने साना, मझ्यौला र ठूला गाडिहरूका व्यवसायीहरूलाई निर्देशन दिँदै भने–भिजिट २०२० नेपालको गौरब राख्ने कार्यक्रम भएको हुँदा पर्यटन वर्षमा आउने पाहुना चढ्ने सवारी साधनहरु सफा, व्यवस्थित, कण्डिशन हुनुपर्यो।

उनले सिट च्यातिएका, काँटीले लगाएको लुगा च्यातिदिने, मैलो नहोस्, हामीले त्यस्ता कति गाडिहरुको फोटो समेत खिचेर ल्याएका छौं, आजको छलफल छलफल मात्र नहोस् जिम्मेवार हुन आग्रह गरे।

ढाकालले भने, ट्राफिक प्रहरी यातयात व्यवसायीहरुको साथमा छ, हामी पुलको काम गर्न तत्पर छौं, तर छलफलमा सहभागी मात्र हुने, थोत्रा गाडिहरु चलाईरहने हो भने राम्रो हुँदैन, ट्राफिक प्रहरीले ठाउँको ठाउँ कारवाही गर्नु नपरोस्।

छलफल कार्यक्रममा यातयात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकार जुन पार्टीको भएपनि हामीलाई बाटो राम्रो बनाईदिन आग्रह गरे।

उनले भने, भत्काईएको बाटो तत्काल पिच गर्नुपर्यो, नीतिनिर्माण गर्नेहरुबाट हामी पीडित छौं, काठमाडौं बाहिर भित्रका सबै सड्क पीच हुनुपर्छ, हाम्रा गाडिहरु सफा, कण्डिशन हुन्छन्, भिजिट २०२० हाम्रो पनि हो सम्पूर्ण यातयात व्यवसायीहरुले साथ दिन्छन्।

ट्राफिक प्रहरी महाशाखाले आयोजना गरेको छलफल कार्यक्रममा ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतम, ट्रेड युनियन, यातयात व्यवस्था विभाग र अन्य सरोकावालाहरुको उपस्थिति रहेको थियो। छलफलमा सबै यातयात व्यवसायीहरुले एक महिनाभित्र आ–आफ्नो सवारी साधनलाई कण्डिशनमा राख्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार