हल्दिवारी गाउँपालिकाले ११,१२ अध्यन गर्ने सबै विद्यार्थीलाई निशुल्क पड्ने व्यवस्था गरेको छ । गाउँपालिकामा रहेका तिनवटा उच्चमावीहरु हल्दिवारी मावी ,जनजागृती मावी ,लक्ष्मी माविमा अध्यन गर्ने सबै विद्यार्थीको फि गाउँपालिकाले निशुल्क गरेको गाउँ पालिका उपाध्यक्ष तथा शिक्षा समिति अध्यक्ष डम्बर बहादुर गिरिले बताउनु भएको छ 1

नेपालमै ११,१२ अध्यक्ष गर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई निशुल्क अध्यन गराउने हल्दिवारी गाउँपालिका पहिलो गाउँपालिका समेत रहेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताउनु भएको छ । घिमिरेका अनुसार गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार बजेटको ३० % खर्च शिक्षामा गरेको छ ।

सबै मावी हरुमा कम्पियुटर ल्यावको व्यवस्था ,अङ्ग्रेजी , साइन्स तथा गणित शिक्षकको व्यवस्था गरेको छ भने योग ,फुटबल ,कबडी जुरोकराते लगायतका खेलका घुम्ती खेल शिक्षकको समेत व्यवस्था गरेको छ। विद्यालयका शिक्षकहरुलाई बढी जवाफ देहि बनाउन इ हाजिर शुरु गरेको छ भने यसै बर्ष देखी सबै विद्यालयहरुमा सिसि क्यामरा जडान गरि गाउँपालिकाबाटै निगरानी गरि मनिटरिङ गर्ने व्यवस्था मिलाइएकोअन्तिम चरणमा पुगेको समेत प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताउनु भएको छ । हल्दिवारी गाउँपालिकामा १७ वटा सामुदायिक विद्यालयहरु समेत रहेका छ्न ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार