ललितपुर । बिरामीलाई जाँच्ने नाममा यौन हिंसा गरेको आरोपमा ललितपुरको भैंसेपाटीस्थत नेपाल मेडिसिटी अस्पतालका डा. रोहितकुमार झा पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले उनलाई अस्पतालबाटै पक्राउ गरेको हो । बिरामीलाई चेकजाँचका क्रममा गोप्य अंगमा हात लैजाने गरेको भन्दै बिरामीले नै उजुरी गरेपछि झालाई पक्राउ गरेको एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।
प्रहरीले घटनाबारेमा अनुसन्धान भैरहेको जनाएको छ । डा. झा जनरल फिजिसियन हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1