काठमाडौं । चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आइरहेको उपचाररत अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ ।
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएपछि अहिले पनि प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा राखिएको हो ।
बिहीबार बिहान १० बजे अस्पतालले विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1