मेचे  समुदायको हितको लागी गठन गरिएको मेचे शिवियारी आफात समाजको सम्पन्न अधिवेशनले हल्दिवारीका युवा नेता रन्जित मेचेको अध्यक्षतामा केन्द्रिय कमिटी निर्वाचित गरेको छ ।

नेपालको लोपोन्मुख जातिको रूपमा रहेका मेचे समुदाय हल्दिवारी ,मेची नगर ,कचनकवन ,बाह्रदसी ,कमल ,बिर्तामोड ,भद्रपुर नगर पालिकामा मात्रै रहेको पाइन्छ ।

हाल ५ हजार को हाराहारीमा रहेका यो समुदायको हितको लागी गठन गरिएको आफातले तिन वर्षीय कार्यकालको लागी १५ सदस्य केन्द्रिय कमिटी गरेको हो ।

नवनिर्वाचित केन्द्रिय कमिटी देहाय बमोजिम रहेको छ ।

अध्यक्ष : रन्जित मेचे ,वरिष्ठ उपाध्यक्ष :अग्निमाया मेचे ,उपाध्यक्ष : सन्तोष मेचे ,महासचिव : विरेन मेचे , सचीव : बिनोद मेचे , कोषाध्यक्ष : नरेन्द्र मेचे त्यस्तै सदस्यहरु प्रमिला राई मेचे , अन्जना मेचे , राजकुमार मेचे ,देवेनलाल मेचे ,मंगल मेचे ,अर्जुन मेचे , सावन मेचे ,कविता मेचे ,सुनिराम मेचे निर्वाचित भएको नवनिर्वाचित केन्द्रिय अध्यक्ष रन्जित मेचेले बताउनु भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार