राष्ट्रिय फोटो पत्रकार समूह (NFPJ NEPAL) को नाममा विराटनगरमा महाधिवेशन हुने भनी विभिन्न जिल्लाहरुमा प्रचार–प्रसार तथा पत्राचार भएको, कतिपय जिल्लाका फोटो पत्रकार साथीहरुले सोही अनुसार तयारी गरिरहेको भनी विभिन्न संचारमाध्यम र समाजिक सञ्जालमा आश्चर्य चकित बनाउने गरी आएको समाचार तथा सूचनाहरुले राष्ट्रिय फोटो पत्रकार समूहको गम्भीर ध्यानाकर्षण भएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूह (NFPJ NEPAL) कुनै पनि संघसंस्था संग आवद्धता नरहेको पनि यसै विज्ञप्ती मार्फत जानकारी गराउन चाहान्छौं । नेपाल फोटोपत्रकार महासंघको नाममा प्रदेश नं.१ को विराटनगरमा हुन गइरेको महाधिवेशनमा नाम जोडिएर आउँदा राष्ट्रिय फोटो पत्रकार समूह यसको घोरभत्सना गर्दछ । यस्ता समाभ्रमात्मक चार तथा सूचनाको विश्वासमा नपर्न राष्ट्रिय फोटो पत्रकार समूहमा आस्था र विश्वास राख्ने सम्पूर्ण फोटो पत्रकार साथीहरु तथा सस्यहरुमा हार्दिक अपिल गर्दछौं

राष्ट्रिय फोटो पत्रकार समूह (NFPJ NEPAL)को वारेमा विगतमा समुह पनि हाम्रो साखा हो भनि समूहको अस्तित्व नरहेको भन्ने जस्ता भ्रम फैलाउने कोशिस गरेको विगतलाई स्मरण गर्दै फेरी पनि त्यस्ता संस्थाले भ्रम फैलाउन खोजेको हो कि भन्ने ठम्याई समुहको रहेको छ । विगतमा जस्तै फेरी पनि यस्ता भ्रम छर्ने काम तत्काल बन्द नगरी यस्तै प्रवृत्तिलाई यसरी नै निरन्तर दिइरहने हो भने हामी कानुनी उपचारमा जान पनि बाध्य हुनेछौ ।

देशभरिका फोटो पत्रकारहरुको पेशागत हकहितको क्षेत्रमा काम गर्दै उनीहरुको व्यक्तित्व विकासका लागि विभिन्न गतिविधिहरु गर्ने लक्ष्य राखी वि.सं २०५३ सालमा स्थापना भएको यस राष्ट्रिय फोटो पत्रकार समूह (NFPJ NEPAL)
अहिले पनि आफ्नो उदेश्यबाट विचलिन नभइ अगाडि बढि रहेको पनि स्मरण गराउन चाहन्छु ।

साथै हाम्रा सम्पूर्ण सदस्यहरुलाई भ्रममा नपर्न र आवश्यक जानकारीका लागि राष्ट्रिय फोटो पत्रकार समूहको केन्द्रिय पदाधिकारी तथा जिल्ला शाखाका जिम्मेवार व्यक्तिसंग छलफल तथा परामर्शको लागि अनुरोध गर्दछौ ।

……………………..…………….
प्रदीपराज वन्त
महासचिव
राष्ट्रिय फोटो पत्रकार समूह (NFPJ NEPAL)

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार