काठमाडौं -कलाकार दिपक क्षेत्री असामहिक निधन भएको छ । उनको ५८ वर्षकाको उमेरमा निधन भएको हो । लामो समयदेखी घाँटीको क्यान्सरबाट पिडित कलाकार क्षेत्रीको संसारभर रहेका नेपाली चलचित्रकर्मी, पत्रकार तथा दीपकका फ्यानहरुले सहयोग गरिरहेका थिए । तर उनको आज अचानक सुतेकै ठाउँमा निधन भएको हो ।

निधन भएका कलाकार क्षेत्रीको सव आज टिचिङ हस्पिटलमा राखिएको छ । उनको श्रीमती मलेसियामा रहेकाले उनी आइतबार नेपाल आएपछी मात्र कलाकार क्षेत्रीको अन्तिम संस्कार गरिने बताइएको छ ।उनले जीवनदान, सिमाना, सेतो सूर्य, राज्जा रानी,झोला लगायतका चलचित्रमा अभिनय गरेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार