दैलेख – ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीबहादुर शाही र उहाँकी श्रीमती इला अपहरणमा पर्नुभएको छ ।शाही दम्पतीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले शनिबार राति साढे १२ बजेको अपहरण गरेको दैलखेका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षत्रीले जानकारी दिनुभयो ।

अध्यक्ष शाहीको भाइलाई भने अपहरण गरेको केही समयपछि छाडिएको उहाँले बताउनुभयो । इला कृष्ण माध्यमिक विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ भने भाइ हस्तबहादुर पनि शिक्षण पेशामै आबद्ध हुनुहुन्छ ।

गाउँपालिकाको बजेट दुरुपयोग गरेको भन्दै अध्यक्ष शाहीलाई पहिला पनि विप्लव नेतृत्वको नेकपाले चेतावनी पत्र दिएको थियो । अपहरणमा परेका शाही दम्पतीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार