एजेन्सी , भारतको उत्तर प्रदेश पुलिसले गत १९ डिसेम्बरमा लखनउमा भएको हिंस्रक प्रदर्शनको मामलामा भारतीय प्रहरी सेवाका अवकाशप्राप्त प्रहरी अधिकारीलाई जेल सजाय तोकेको छ ।

१९ डिसेम्बरमा भएको हिंसामा अहिलेसम्म ४५ जनालाई पक्राउ गरेर जेल पठाइसकिएको छ जबकी अन्य व्यक्तिको खोजी जारी छ ।

हजरतगंजको पुलिस क्षेत्राधिकारी अभय कुमार मिश्रले यसबारे बीबीसी हिन्दीसँग कुराकानी गरेका छन् । उनले भने, ‘एस आर दारापुरीलाई हिंसा भड्काएको र षड्यन्त्र रचेको मामलामा धारा १२० बी अनुसार पक्राउ गरेर जेल पठाइएको छ । उनलाई शुक्रबार नै हिरासतमा नै लिइएको थियो र शनिबार जेल पठाइएको थियो । यो मामलामा गिरफ्तारीको क्रम अहिले जारी छ ।’

१९ डिसेम्बरमा नागरिकता संशोधन कानूनविरुद्ध थुप्रै संगठन र राजनीतिक दलले प्रदर्शनको आह्वान गरेका थिए । देशका विभिन्न इलाकामा भएको प्रदर्शनको क्रममा थुप्रै स्थानमा हिंसा भए र कति जना मारिएका पनि छन् ।

लखनउमा पनि परिवर्तन चोकमा प्रदर्शनको क्रममा वरिपरिको इलाकामा हिंसा भएको थियो । जसमा एक व्यक्तिको मृत्यु भयो भने धेरैजना घाइते भएका थिए ।घाइते हुनेमध्ये प्रदर्शनकारीबाहेक थुप्रै पुलिसकर्मी र मिडियाका मानिसहरु पनि समावेश थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार