काठमाण्डौ , अखिल नेपाल फुटबल संघ एन्फाको अनुशासन कमिटीले प्रतिबन्धमा परेका चार जना खेलाडीको कारबाही घटाएको छ । खेलाडीले अपिल गरेपछि उनीहरु कारवाहिको समय कार्तिक ३० गतेबाट लाग‍ू हुनेगरी परिमार्जन गरिएको छ ।तर उनीहरुमाथिको जरिबाना भने यथावत राखिएको छ ।

एन्फाको अनुशासन समितिले अञ्जन विष्ट र सन्तोष तामाङलाई ४५ दिन र विमल र दिनेश राजवंशीलाई ९० दिन फुटबल खेल्न नपाउने कारबाही गरेको थियो ।अनुशासन विपरीत डिस्कोमा रात बिताएको भन्दै एन्फाको अनुशासन समितीले चार जनालाई दुई किसिमको कारवाही गरेको थियो । जसमा दुई जनालाई ९० दिन र दुई जनालाई ४५ दिनको कारवाही सुनाएको थियो ।जसमा मंसिर २७ गतेबाट लागु हुने गरि विमल र दिनेशलाई ९० दिन तथा अञ्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्ध लगाएको थियो ।

तर उनीहरुलाई खेल्नबाट भने एक महिना अगाडीबाट नै बञ्चित गरेको थियो ।खेलाडीले गल्ति स्वीकारिसक्दा पनि अन्याय हुनेगरी कारबाही गरेको भन्दै लिखित निवेदन दिएका थिए । जसमा एन्फाको अनुशासन समितिले आज सुुनुवाइ गर्न लागेको छ । उनीहरुलाई जनही ५० हजार जरिबाना पनि लगाइएको थियो ।त्यो गल्तीका कारण उनीहरुलाई दक्षिण एसियाली खेलकुद सागको टिमबाट हटाइएको थियो भने कुवेत विरुद्धको खेलमा पनि टिम बाहिर राखिएको थियो । यतिमात्र नभइ सो कारबाहीले उनीहरुलाई ए डिभिजन लिग खेल्नबाट समेत वञ्चित गरेको थियो ।कारबाही घटाइएपछि अञ्जन र सन्तोषले ए डिभिजन लिग खेल्न पाउनेछन् ।

उनीहरु ४५ दिनको कारबाही सकेर दुई खेलपछि लिगमा फर्किनेछन् । अञ्जन मनाङमा आवद्द छन भने सन्तोष आर्मीका खेलाडी हुन् ।यदि एन्फाले आफ्नो कारबाही कायमै राखेमा भने उनीहरुले लिग खेल्नका लागि अझै कुर्नुपर्ने भएको छ । विमल र दिनेशले भने लामो समय कुर्नुपर्नेछ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार