काठमाडौँ । झापाकी २० वर्षीया (नाम परिवर्तन) एन्जिलालाई नेपाल–भारतको बोर्डरमा लगेर बलि दिने योजना बनाएका सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पाँच जनालाई विराटनगराट र दुई जनालाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा दिल कुमारी बुढामगर, उमेश कुमार माझी, दिलिप पोद्दार, कृष्ण तामाङ, उमेश साह र रन्जित चौधरी रहेका छन् भने एकजनाको नाम खुलाइएको छैन् । प्रहरीका अनुसार ६ जना नै सुनसरी र मोरङ जिल्लाका हुन् ।पक्राउ परेकामध्ये २ जना महिला र ५ जना पुरुष रहेका छन् ।

एन्जिलालाई शंका लागेर सुरुमै प्रहरीको सहयोग लिएकाले उनीहरुको बलि दिने योजना असफल भएको प्रहरीको दाबी छ । प्रहरीले अनुसन्धानकै क्रममा रहेकाले यसबारेमा बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेको छ ।रक्सी–मासु नखाएको, महिनावारी नभएको र पूजा गर्नुपर्ने भनेपछि उक्त समूहले एन्जिलालाई कुल देवताको नाममा बलि दिन लैजान लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार