काठमाडौँ। भोली बिहान ८ बजेर ४२ मिनेटबाट सुरु हुने ग्रहणले गर्भवती महिलाहरुका लागि बढी प्रभाब पार्ने भएकाले साधानीपूर्वक बस्न सुझाव दिएका छन । ६ वटा ग्रह एउटै राशिमा रहेर लाग्न लागेको खण्डग्रास सूर्यग्रहणको अवधि २ घन्टा ४९ मिनेटको रहने छ । बिहीबार बिहान ११ बजेर ३१ पूर्णरूपमा ग्रहणले छोड्ने छ ।
रोचक कथा – एक समय देवता र असुरहरूबीच शृंखलाबद्ध युद्ध हुन्छ, जसमा दुवैतर्फ ठूलो जनधनको क्षति हुन्छ । त्यसबीचमा देवताहरूले दुग्धसागर मन्थन गरी त्यहाँबाट निस्केको पदार्थलाई प्रयोग गर्दा अमृत्व प्राप्त गर्ने सल्लाह पाउँछन् । तर देवताहरूले मात्र त्यो दुग्धसागरलाई मन्थन गर्न नसक्दा असुरहरूको समेत साथ माग्छन्, साथै एउटा भयंकर ठूलो सर्प बासुकीलाई समेत रस्सीको रूपमा प्रयोग गर्दछन् । सागर मन्थनपश्चात् एक किसिमको रस निस्कँदछ, जसलाई देवताहरूले असुरहरूलाई झुक्क्याई आफूबीच बाँड्छन्, जसको सुइँको एक धूर्त राक्षस स्वर्भानुले पाउँछ । सूर्यदेव र चन्द्रदेवको बीचमा उभिएर सो अमृतलाई पाउँछ । यो खबर चन्द्रदेव र सूर्यदेवले भगवान विष्णु भगवानलाई सुनाउँछन् ।
विष्णु क्रोधित भई त्यो राक्षसको बध गर्छन् । तर त्यसबेलासम्म राक्षसले त्यो अमृत ग्रहण गरिसकेको र अमृत्व प्राप्त गरिसकेको हुन्छ । उसको काटिएको टाउको र शरीर तत्पश्चात राहु र केतुको रूपमा आएको भन्ने हिन्दु धर्ममा मान्यता छ ।यस घटनापछि राहु र केतु क्रोधित भएको किंवदन्ती छ । आफूलाई भएको अन्यायको बदला लिन सूर्य र चन्द्रलाई निल्न खोज्छन्, तर त्यसबेलासम्म सूर्य र चन्द्रदेवले अमृत्व प्राप्त गरिसकेका हुन्छन् । जसले गर्दा राहु र केतु मार्न असफल हुन्छन् । तर केही समय वा अवधिका लागि निल्न मात्र सक्छन्, त्यसकारण राहु र केतुले सूर्य र चन्द्रमालाई केही समयका लागि निल्दा छायाँ अथवा ग्रहण लागेको भन्ने पौराणिक मान्यता छ ।
सूर्य ग्रहणको बेला गर्न हुने कुराहरु
१। ग्रहण समाप्त नभएसम्म घर भित्र बस्नुपर्ने।
२। कुश वा तुलसीको पातले खाना र पानीलाई छोप्नुपर्ने।
३। सूयलाई सम्पर्ण गर्दै सूय मन्त्रको जाप गर्नुपर्ने।
४। ग्रहण समाप्त भएपछि अनिवार्यरुपमा स्नान गर्नुपर्ने।
५। गर्भवती महिलाहरुले ग्रहण समाप्त नभएसम्म घर भित्र बस्नुपर्ने।
६। ग्रहणको शुरुवातदेखि अन्त्यसम्म ध्यान गर्नु , मन्त्र जप्नु र भगवानको प्रार्थना गर्नु लाभदायक हुन्छ।
७। ग्रहणपछि घरको सबै कुनालाई गंगाजलले शुद्ध पार्नुपर्ने हुन्छ।
८। ग्रहणपछि परोपोकारी कार्य गर्नुका साथै दान गरेमा पुण्य मिल्ने गर्दछ।
९। ग्रहणपछि घरमा पूजापाठ गर्नु अत्याधिक लाभ हुने गर्दछ।
सूय ग्रहण बेला गर्न नहुने कुराहरु
१। ग्रहणको बेला केहि पनि खानु वा पिउनु हुँदैन।
२। बासी खानेकुरा खानु हुँदैन।
३। सूर्यको ग्रहणको समयमा भगवानका मूर्तिहरूलाई छुनु हुँदैन।
४। सुतकाल पछि भगवानका मूर्तिहरूलाई गंगाजलले स्नान गराउनु पर्दछ।
५। सूयलाई प्रत्यक्ष नहेर्नु।
६। सूय ग्रहणको समयमा यात्रा गर्नु हुँदैन।
७। सूय ग्रहणको समयमा तुलसी वा अन्य पवित्र चिजहरु छुनु हुँदैन।
८। सूय ग्रहणको समयमा मन्दिर जानु हुँदैन।
९। गर्भवती महिलाहरुले ग्रहणको समयमा सब्जी काट्नु वा कुनै पनि धारिलो बस्तु चलाउनु हुँदैन।
१०। सूय ग्रहणको समयमा सहवास, दिशा तथा पिसाब गर्नु हुँदैन।
सूर्यग्रहणको समयमा सामान्यतया कुनै पनि मन्त्र जप गर्नु लाभदायी हुने गर्दछ। त्यसैगरी यस समयमा सूय मन्त्र, महामृत्युञ्जय मन्त्र वा गायत्री मन्त्रपनि जप्न सकिन्छ।