काठमाण्डौ , काठमाण्डौमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोतिामा बुधबारदेखि तेस्रो चरणका खेलहरु सुरु भएका छन् ।बुधबार भएका दुई खेलमा मछिन्द्र र एनआरटी क्लब विजयी भए । दशरथ रंगशालामा भएको पहिलो खेलमा मछिन्द्रले फ्रेण्ड्स क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै तालिकाकै शीर्ष स्थानमा उक्लियो ।

अहिलेसम्म अपराजित रहेको मछिन्द्रले गएको संस्करणमा पुछारबाट दोस्रो स्थानमा रहेका कारण एक अंक तिरेको थियो । त्यसै कारण दुई खेलमा जित र एक खेलमा बराबरी भएपछि उसको ६ अंक मात्रै रहेको छ ।

बुधबार मछिन्द्रको जितमा पिटर सेगुन, एडिलाजा सोमिडे र रेजिन सुब्बाले एक(एक गोल गरे । खेलको २९औँ मिनेटमा पिटर सेगुनको गोलबाट मछिन्द्रले अग्रता लिएको थियो । रेजिन धिमालको क्रसलाई गोलकिपर देव लिम्बूले पञ्च गर्दै फर्काए पनि त्यही रिबाउन्डमा सेगुनले हेडमार्फत गोल गरेका थिए ।

त्यस्तै खेलको ५१औँ मिनेटमा एडेलाजाले गोल गरे । कप्तान विराज महर्जनको ब्याक पासमा गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसैगरी खेलको ८५औँ मिनेटमा रेजिनले गोल गर्दै मछिन्द्रलाई ३–० को सहज जित दिलाए ।प्रतियोगिता अन्तर्गत बुधबार नै भएको अर्को खेलमा न्यूरोड टिम एनआरटीसँग च्यासल दुई एक गोल अन्तरले पराजित भयो।

दशरथ रंशगालामा भएको खेलको पहिलो हाफमा च्यासलविरुद्ध एनआरटीले एक गोलको अग्रता बनाएको थियो । खेलको २७ औंँ मिनेटमा एनआरटीका विदेशी खेलाडी जुनियरले गोल गर्न सफल भए । उनले कर्नरबाट आएको बललाई हेडमार्फत गोलमा परिणत गरे ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको एनआरटीले ७१ औंँ मिनेटमा १० खेलाडीमा झर्न पुग्यो । उसका यानीक ओवाना दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिए । तर ८५ औंँ मिनेटमा उल्टै एनआरटीले गोल गर्न सफल भयो । उसका लागि दर्शन गुरुङले काउन्टर अट्याकमा गोल गरेका थिए ।

अन्तिममा च्यासलले एक गोल फर्काउँदै अन्तर कम गरेको थियो । उसका लागि अमिर श्रेष्ठले गोल गरेका थिए । तर त्यसपछि च्यासलले थप गोल गर्न सकेन र पराजित भयो ।यो हारले च्यासललाई अंक तालिकामा ठूलो घाटा भएको छ । उसको तीन खेलमा ४ अंक भएको छ भने एनआरटीको चार अंक छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार