झापा । मोटर बनाउँदा करेन्ट लागेर झापामा एक युवकको मृत्यु भएको छ । बाह्रदर्शी गाउँपालिका १ कमलडाँडा बस्ने मणिप्रसाद राईको २४ वर्षीय छोरा तइराज राईको मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार आफ्नै घरमा रहेको ट्युबवेलमा जडित मोटर बनाउने क्रममा राईलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि मेडिकल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार