काठमाडौं । नेकपा कास्कीका तत्कालीन जिल्ला सेक्रेटरी आक्रोश र स्याङ्जा सेक्रेटरी गोकुल पराजुली सहितका २ बिधार्थी नेताहरू आज सर्वोच्च अदालतको बाध्यकारी आदेशपछि रिहा भएका छन् । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यद्वय मिलन राई र काजी गुरुङ समेत सोही आदेशमा रिहा भएका हुन ।

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–११, उरीस्थित आमा समूहको भवनमा अखिल क्रान्तिकारी कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटीको संयुक्त बैठक बसिरहेका बेला उनीहरु समेतका २१ जना नेता तथा कार्यकर्तालाई प्रहरीले गएको जेठ २५ गते गिरफ्तार गरेको थियो। त्यसपछि उनीहरुलाई अदालतले छाड्ने र प्रहरीले गिरफ्तार गर्ने क्रमसंगै प्रहरीले अहिलेसम्म ९ जिल्ला पुर्याएको थियोे र अहिले अदालतको बाध्यकारी आदेशमा आज रिहा भएका हुन ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार