काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले सभामुख पदको उम्मेदवार टुङ्गो लगाउन नसक्दा प्रतिनिधिसभाको निर्धारित बैठक स्थागित भएको छ । आज १ बजेका लागि कार्यसूचीसमेत तय भइसकेको बैठक पुस १६ गते बस्नेगरी सूचना टाँसेर स्थगित गरिएको हो ।
शुक्रबारको बैठकको कार्यसूचीमा सभामुख निर्वाचन प्रक्रिया अघि बढाउने थियो । सूचनामा भनिएको छ “आज मिति २०७६ साल पुस ११ गते शुक्रबार दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक विशेष कारणबश बस्न नसक्ने भएकाले नेपालको संविधनको धारा ९१ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाको अध्यक्षता गर्नुहुने मानीनय उपसभामुख ज्यूले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अर्को बैठक मिति २०७६ साल पुस १६ गते बुधबार दिनको १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा मा।सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । ”
उता, नेकपाका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल सभामुखको उम्मेदवारबारे छलफल गर्न बालुवाटारमा छलफलमा बस्न लागेको बालुवाटार स्रोतले जनाएको छ ।