हेटौंँडा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ मा शुक्रबार दिउँसो सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ ।

त्यस्तै दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । हेटौँडा–काठमाण्डौ छोटो दुरीको मार्गअन्तर्गत काठमाण्डौबाट चपुर आउँदै गरेको ना १ ज ३४३३ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिकाको ओखलडाँडा सडकबाट तल खसेको हो ।

घटनामा ज्यान गुमाएकाहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार