केपी शर्मा ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल लगिएको छ । प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पताल सँगै रहेको मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो । नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओलीलाई मनमोहन लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए ।

थापाका अनुसार नियमित डायलासिस गरेर प्रधानमन्त्री ओली आजै बालुवाटर फर्किनेछन् । उनलाई शुक्रबार बिहान १० बजे अस्पताल लगिएको थियो । १२ वर्षअघि मृगौला फेरेका प्रधानमन्त्री ओलीको पछिल्लो समय प्लाज्माथेरासिसले काम नगरेपछि नियमित हेमोडायलासिस गर्दै आएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार