धादिङ । धादिङ जिल्लाको साविक झार्लाङ गाविसका तत्कालिन जनसरकार प्रमुख तथा नेकपाका स्थानीय नेता धनबहादुर तामाङ राप्रपामा प्रवेश गरेका छन । शुक्रबार खनियाबासमा आयोजित एक कार्यक्रममा उनलाई राप्रपाका बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले फूलमाला लागाई पार्टी प्रवेश गराए ।

उक्त कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष तामाङले दुइ राप्रपा एक हुनुको विकल्प नरहेको उल्लेख गर्दै विगतका तितामिठा घटना बिर्सिएर अबिलम्ब एक हुनुपर्ने बताए । साथै उनले राष्ट, जनता र कार्यकर्ता हितका लागि नेताहरुले हठ त्यागी अबिलम्ब पार्टी एकता गर्न आव्हान पनि गरे ।

जिल्लाका नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रममा धनबहादुर तामाङसहित विभिन्न पार्टीका ४ दर्जन कार्यकर्ता राप्रपामा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार