मोरङ, विराटनगर सडक खण्डअन्तरर्गत धनपालथान गाउँपालिका ३ को कर्सिया बजारमा ट्र्याक्टरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ ।

आइतबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को ३८ प १७७ नम्बरको स्कुटरलाई पूर्वतर्फ जाँदै गरेको को १ त ७८४३ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा सुनसरीको दुहबी नगरपालिका २ का १८ वर्षीय रुपेश चौधरी गम्भीर घाइते हुनुभएको थियो ।

गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा ज्यान गएको हो । स्कुटरमा सवार त्यही ठाउँका चन्द्रप्रसाद चौधरीको उपचार भइरहेको छ ।ट्र्याक्टर र चालक प्रहरीको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिनुभयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार