सुर्खेत। सुर्खेतको बराहताल गाउँपालिका ३ लेखगाउँका चन्द्र नेपालीको बाघको आक्रमणबाट मृत्यु भएको छ। अन्दाजी ४५ वर्षीय नेपालीलाई घर नजिकै घाँस काट्न गएको बेला बिहान साढे ९ बजेतिर बाघले आक्रमण गरेको थियो।

स्थानीय जयराम बोगटीका अनुसार बाघले आक्रमण गर्दा नेपालीको घटनास्थलमै मृत्यु भएको थियो। उनले भने, ‘आक्रमणपछि चिच्याउँदा हामीले थाहा पायौं, घटना स्थल पुग्दा उनको मृत्यु भइसकेको थियो।’

आक्रमण लगत्तै उद्धारका लागि स्थानीयहरु पुगे पनि नेपालीको घटनास्थलमै मृत्यु भएको थियो। घटनास्थल बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ। निकुञ्जबाट आएको बाघले आक्रमण गरेको स्थानीयको भनाइ छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार