काठमाडौं । भारत र पाकिस्तान १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पुरुष भलिबलको फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार भएको सेमिफाइनलमा भारतले श्रीलंकालाई ३–१ को सेटमा हरायो । रोचक खेलमा भारतले श्रीलंकालाई २७–२५, २५–१९, २१–२५, २५–२१ ले स्तब्ध बनायो ।

यसैगरी अर्को सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई ३–० सोझो सेटमा हरायो पाकिस्तानले बंगलादेशमाथि २५–१५, २५–२१, २६–२४ को जित निकालेको थियो ।

स्वर्णका लागि मंगलबार चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्नेछन् । महिलातर्फ भने भारत र नेपालबीच फाइनल भिडन्त हुनेछ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार