हल्दिबारी,. एसियाले जैविक विविधता भएको जलथल जंगलमा रहेको पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समितिको निर्वाचनको लागी प्रगतिशील समुह र प्रजातान्त्रिक समुहको उमेद्वारी घोषणा गरेका छन् ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार अध्यक्षमा चिरञ्जीवी पौडेल र जीत बहादुर राणावंशी, उपाध्यक्षमा स्यामलाल मेचे र राम लिम्ब’ (ज्ञानबहादुर) सचिवमा मन्जु दाहाल र भावना मैनाली त्यस्तै सहकोषाध्यक्षमा सालिग्राम पराजुली र पुण्य रिजाल कोषध्यक्षमा हेमराज काफ्ले केशव सञ्जेल तथा गोपाल सिग्दलेको उमेद्वारी परेको छ ।
वन समुहलाई तीन क्षेत्रमा विभाजीत गरेअन’सार क्षेत्र नं १ मा एक पुरूष र २ महिला सदस्यको लागि सातजनाले उमेदवारी दिएका छन् त्यस्तै क्षेत्र जं २ मा गोला प्रथाद्धारा डिल्ली कुमार शाह र मनिता गौतम निर्वाचित भएका छन्. त्यस्तै क्षेत्र नं ३ मा सहमती अनुसार रामप्रसाद ढकाल र सृजना पराज’ली चापागार्इं निर्वाचित भएको जनाईएको छ ।
यही २८ गते हुने भनिएको निर्वाचनमा कागें्रस र राप्रपाबीच गठबन्धन भएको प्रजातान्त्रिक समुह निकै बलियो देखिन्छ , उक्त समुहको नेतृत्व पुर्व अध्यक्ष समेत रहेका चिरञ्जीवी पौडेल (चिरन) ले गरेका छन् ।
हल्दिबारी गाउंपालिका वडा नं ४ मा अवस्थित पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समितिमा वार्षिक पचास लाख भन्दा बढीको आर्थिक कारोबार हुने गरेको छ.