बिर्तामोड, पूर्वाञ्चलका क्यान्सर बिरामीलाई लिक्षित गर्दै झापामा ३ सय शैय्याको पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा ल्याइएको छ।झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पताल परिसरभित्रै अत्याधुनिक उपकरण सहित अस्पताल सञ्चालनमा ल्याइएको हो। पूर्वाञ्चल क्षेत्रमा क्यान्सरको उपचार हुने यो पहिलो अस्पताल हो।

ठूलो आन्द्राको क्यान्सर भएका २९ वर्षका पदम मिश्रलाई निस्शुल्क रेडियसन थेरापी दिएर अस्पतालमा उपचार(सेवा सुभारम्भ गरिएको छ।सुदूरपूर्वका क्यान्सरका बिरामीलाई उपचार गर्न काठमाडौं, चितवन वा भारतको सिलिगुडी पुग्नुपर्ने बाध्यता रहँदै आएको थियो।

बिएन्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले क्यान्सर अस्पताल सञ्चालनमा ल्याएका हुन्।आफैं क्यान्सर अस्पताल खोल्ने सपना देखेको उनले बताए।

अस्पतालका मेडिकल डाइरेक्टर डा विरेन्द्रकुमार यादवले पूर्वाञ्चल क्यान्सर अस्पताल आफ्नो पनि सपना भएको बताए।लामो समय भारतको मेदान्ता अस्पतालमा काम गरेका उनले प्रत्येक तीन जनामध्ये एक जना नेपाली क्यान्सरको बिरामी भएको अनुभव सुनाए।अस्पतालमा रेडियो थेरापी मेसिन, पेट स्क्यान, थ्रिडी मेमोग्राम मेसिन लगायतका अत्याधुनिक मेसिनबाट सेवा उपलब्ध गराइने छ।

अर्थोपेडिक सर्जन डा निराजनप्रसाद पराजुलीले क्यान्सरका बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था अन्त्य भएको बताए। अब काठमाडौबाहिर पनि क्यान्सरको उपचार सम्भव भएको उनको भनाइ थियो।वरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा गाइने अंकोलोजिष्ट डा गेहनाथ बरालले अब क्यान्सरको पूरै उपचार गर्न जनशक्ति, उपकरणयुक्त भएको बताए।

करिब चार अर्बको लगानीमा अस्पताल निर्माण भएको बताइएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार