काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भागबण्डामा राष्ट्रियसभा सदस्य उम्मेदवारको टुंगो लगाएको छ ।शुक्रबार बसेको नेकपा सचिवालय बैठकले आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका तर्फबाट १६ उम्मेदवारको टुंगो लगाएको हो ।

नेकपाले तत्कालीन एमाले र माओवादी केन्द्रबीच भागबण्डाको आधारमा उम्मेदवारको टुंगो लगाएको हो । जसअनुसार तत्कालीन एमालेको तर्फबाट ९ र माओवादी केन्द्रको तर्फबाट ७ सिटमा प्रतिनिधित्व रहनेगरी भागबण्डा गरिएको छ ।

नेकपाले प्रदेश नम्बर १ बाट पूर्वएमाले समूहबाट इन्दु गौतम र देवेन्द्र दाहाललाई उम्मेदवार बनाएको छ भने पूर्वमाओवादीबाट गोपी अछामीलाई उम्मेदवार बनाएको छ ।यस्तै प्रदेश २ मा पूर्वएमालेबाट तुलसा दाहाल र पूर्वमाओवादीबाट राधेश्याम पासवान उम्मेदवार बनेका छन् भने प्रदेश नम्बर ३ बाट पूर्वमाओवादीबाट गंगा बेलबासे र बेदुराम भुसाल उम्मेदवार बनेका छन् ।

यसैगरी गण्डकी प्रदेशमा पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठ र पूर्व एमालेबाट भगवती न्यौपाने उम्मेदवार बन्दा प्रदेश ५ बाट पूर्व एमालेबाट विमिला घिमिरे र गोपाल भट्टराई तथा पूर्वमाओवादीबाट जगप्रसाद शर्मा उम्मेदवार बनेका छन् ।गण्डकी प्रदेशबाट उम्मेदवार बनेका नारायणकाजी श्रेष्ठ २०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा तत्कालीन नयाँ शक्ति पार्टीका उम्मेदवार बाबुराम भट्टराईसँग पराजित भएका थिए । उनले सुरुमा आफू राष्ट्रिय सभामा जान अनिच्छुक रहेको सार्वजनिक प्रतिक्रिया दिएका भएपनि हाल आएर भने उम्मेदवार बनेका हुन् ।

यस्तै कर्णाली प्रदेशबाट पूर्वमाओवादीबाट मायाप्रसाद शर्मा र पूर्व एमालेबाट सुमित्रा बिसी उम्मेदवार बन्दा सूदूरपश्चिम प्रदेशबाट पूर्वमाओवादीबाट तारामान स्वाँर र पूर्व एमालेबाट शारदा भट्ट उम्मेदवार सिफारिस भएका हुन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा पार्टी बनेको भएपनि सरकारदेखि संगठनसम्म भागबण्डाको आधारमा प्रतिनिधित्व हुँदै आएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार