जलथल  । हल्दिवारी गाउँपालिका वडा नम्बर ४ मा व्यसाय सचेतना ,सुरु (TOPE/ TOSE) ,लैङ्गकिसमानता तथा सामाजिक समावेशीकरण ८ दिने तालिम सम्पन्न भएको छ ।

हल्दिवारी गाउँपालिका वडा नम्बर ४ अध्यक्ष होमप्रसाद चुडालको प्रमुख आतिथ्य तथा वडा नम्बर ५ अध्यक्ष सेरबहादुर नेम्वाङको विशेष आतिथ्य तथा झापा प्रविधिक शिक्षालयका अनुगमन अधिकृत बिनोद आचार्यको सभापतित्वमा उक्त समापन कार्यक्रम सम्पन्न भएको थियोे ।

समापन कार्यक्रमलाई प्रमुख अतिथी होम प्रसाद चुडाल विशेष अतिथि सेरबहादुर नेम्बाङ ,कार्यक्रमका अध्यक्ष बिनोद आचार्य ,कार्यपालिका सदस्यहरु गिता भण्डारी र शर्मिला बिक ,वडा ५ सचीव भजन सङ्गौला ,सहभागीहरु रेनुका पाठक ,एलिसा टुडुले कार्यक्रमको बारेमा आ आफ्नो मन्तव्य राख्नु भएको थियोे ।

उधोग पर्यटन वन तथा वातावरण मन्त्रालय ,घरेलु तथा साना उद्योग कार्यलय झापाको आर्थिक सहयोगमा तालीम संचालन भएको थियोे । हल्दिवारी गाउँपालिका वडा नम्बर ४ को सहजीकरणमा संचालित उक्त तालीम झापा प्राविधिक शिक्षालय बिर्तामोडले आयोजना गरेको थियोे । तालीममा वडा नम्बर ३,४,५ का २८ जना महिला पुरुषले सहभागीता जनाएका थिए ।

तालीममा सहभागीहरुलाई ,ढाका बुनाई ,कुखुरा पालन ,,सिलाई कटिङ्ग ,बाख्रा पालन ब्युटिपार्लर जस्ता सीप मुलक तालिम गराई सहभागीहरुलाई आत्मा निर्भर बनाउन लागिएको तालीम प्रशिक्षक मन्दिरा किस्कुले बताएकी छ्न । समापन कार्यक्रममा स्वागत झापा प्रविधिक शिक्षालयकी परिस्ठ प्रशिक्षक गङ्गा सोरेनले गरेकी थिएन भने सम्पुर्ण कार्यक्रमको सहजीकरण मन्दिर किस्कुले गरेकी थिईन ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार