काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकाल तथा अनुगमन समितिका पदाधिकारीहरूले सार्वजनिक यातायातहरुमा छड्के अनुगमन गरेका छन् ।एसएसपी ढकालको टोलीले सुन्धारामा शुक्रबार भाडाका २३ वटा सार्वजनिक सवारी साधनहरुमा अनुगमन गरेको ट्राफिक महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

अनुगमनका क्रममा अनुगमन टोलीले भाडाका सार्वजनिक सवारी तथा चालकमा देखिएका कमिकमजोरीहरूलाई सच्याउनको लागि चालकलाई १८ बुँदे सुझाव पनि दिएको छ ।सार्वजनिक यातायात सेवालाई सुरक्षित, मर्यादित र यात्रुमैत्री बनाउनका लागि सवारी चालकको महत्वपूर्ण भूमिका रहने भएकोले चालकहरुले ती सुझावहरु गर्न जरुरी रहेको एसएसपी ढकालले बताए ।

सवारी दुर्घटना न्युनिकरण र सहज ट्राफि व्यबस्थापनका लागि चालकहरु व्यवसायीक, अनुशासित र दक्षताका साथ आफूलाई उदाहरणीय बनाउँदै चालकहरुप्रति सर्वसाधरणको विश्वास वृद्धि गर्न सुझाव दिइएको छ ।

यसअघि एसएसपी ढकालले गत पुस १७ गते भाडाका सार्वजनिक सवारी साधनहरुमा सादा पोसाकमा समेत अनुगमन गरेका थिए । त्यसक्रममा देखिएका समस्या तथा महाशाखामा नागरिकहरुले गरेका गुनासोहरुलाई मध्यनजर गर्दै सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गरेका थिए ।छलफलको क्रममा १८ बुँदे प्रतिबद्वता कार्यान्वयन गर्ने निर्णय भएको र उक्त निर्णयहरु शुक्रबारबाट लागू गरिएको हो ।

उक्त १८ बुँदे कार्यान्वयन भएरनभएको अनुगमनको लागि महानगरिय ट्राफिक प्रहरी महाशाखाका एसपी तथा अनुगमन समितिका संयोजक राजकुमार बैदवार, नेपाल यातायात व्यवसायी महासंघ सचिव नन्दलाल श्रेष्ठ, नेपाल यातायात व्यवसायी महासंघ जिल्ला संयोजक अरुण श्रेष्ठ, नेपाल यातायात व्यवसायी महासंघका सदस्य अर्जुन गौतम, अखिल नेपाल यातायात मजदुर संघका सचिव कमल पोखरेल, नेपाल यातायात व्यवसायी महासंघका ३ नं। प्रदेश संयोजक जगन्नाथ गौतम, नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ, महानगर यातायातका कार्यकारी प्रमुख केशव नेपाल तथा अन्य पदाधिकारीहरू खटिनेछन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार