काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको अध्यक्षसहित ५ पदाधिकारी नाम सिफारिस भएको छ । शनिबार बसेको दुई आयोगका पदाधिकारीको सिफारिस गर्न गठित समितिले कानु्नमन्त्रीमार्फत पदाधिकारी नाम मन्त्रीपरिषदमा सिफारिस गरेको कानुन न्याय, तथा संसदीय मामिला मन्त्रालयका सहायक प्रवक्ता कमलराज गौतमले जानकारी दिए ।

 सत्य निरुपणको अध्यक्षमा गणेश दत्त भट्ट र बेपत्ता छानबिन आयोगमा युवराज सुवेदीको नाम सिफारिस भएका छन् । सत्य निरुपणमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस भएको छ । यस्तै वेपत्ता छानविन आयोगको सदस्यहरुमा शिवदत्त भण्डारी, सुनिल रञ्जन सिंह, गांगा अधिकारी र सरिता थापा मगरको नाम सिफारिस भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार