काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्लथलमा सोमबार दुईवटा विमान ठोक्किएका छन् । जनकपुर जान लागेको बुद्ध एयरको विमान र रोकिराखेको यती एयरलायन्सका विमान एक आपसमा ठोक्किएका हुन् ।

मानवीय क्षति नभए पनि ठक्करबाट दुवै जहाजमा सामान्य क्षति भएको छ । क्षति सामान्य भए पनि दुबै जहाजलाई नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरूले जाँच गरेपछि उडान हुने बताइएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार