मोरङमा बिहान एउटा बस दुर्घटना हुँदा सोही बसका धनीको मृत्यु भएको छ ।इलाका प्रहरी कार्यालय रंगोलीका अनुसार बिहान साढे ६ बजेको समयमा धनपाल गाउँपालिकास्थित विराटनगर–रंगेली सडक खण्डमा पश्चिमतर्फ जादैँ गरेको मे१ख ४०९० नम्बरको बस दुर्घटना भएको हो ।

लर्ड बुद्ध कलेजका विद्यार्थी ओसार्न प्रयोग हुँदै आएको उक्त बस बाक्लो हुस्सुको कारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सोही बसका धनी बिराटनगर–१५ बस्ने ३२ वर्षीय सानु साहको मृत्यु भएको हो । प्रहरीका अनुसार उनी बसमा सहचालकको भूमिकामा थिए । घाइते अवस्थामा उद्धार गरिएका साहको न्यूरो अस्पतालमा उपचारको क्रममा बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बसमा रहेका अन्य ५ जना घाईते भएका छन् । घाइतेहरुको न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको बताइएको छ ।
दुर्घटना भएको बस र बसका चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार