गोलधाप १६ माघ ।हल्दिवारी गाउँपालिका वडा नम्बर १ मा सरस्वती पुजाको अबसर पारेर विशेष भर्ना अभियान शुरु गरिएको छ ।

गाउँपालिकाले शिक्षाको क्षेत्रमा गरेको लगानी र अभिभावकहरुको सामुुदायिक विद्यालय प्रतिको मायाले गर्दा यसपाली सामुुदायिक विद्यालयमा नया विद्यार्थीको चाप बड्ने एक नम्बर वडा अध्यक्ष त्रिलोचन सापकोटा बताउनु हुन्छ ।

वडा अध्यक्ष सापकोटाका अनुसार आज मात्र १ मा रहेका विद्यालायहरु जनजागृती मावीमा ३० जना ,गरमकाली आविमा २५ जना ,सरस्वती माविमा २१ जना तथा दुर्गा देवि प्राविमा १४ जनाले बाल कक्षामा नाम लेखाएका छ्न । वडा अध्यक्ष सापकोटाका अनुसार आज नाम लेखाउनेलाई एक बर्ष सम्म वडाले कपि र पेन्सिस निसुल्क उपलब्ध गराउने छ भने गाउँ पालिकाले खाजाको व्यवस्था पनि शुरु गर्ने छ ।

हल्दिवारी गाउँ पालिकाले शिक्षा सुधारका लागि गरेको लगानी ,विद्यालय व्यवस्थापनमा प्रत्यक्ष जनप्रतिनिधि उपस्थित र अभिभावक को सामुदायिक विद्यालय प्रती आकर्षक का कारण अब सामुुदायिक विद्यालयमा पड्ने विद्यार्थीको भविस्य उज्वल रहेको देख्न सकिने छ ।

हल्दिवारी १ मा त्रिलोचन सापकोटा जनजागृती मावी व्यवस्थापन समिती अध्यक्ष रहेका छ्न भने मनोज पोखरेल गरमकाली आवि ,कुमारी बिस्वकर्मा दुर्गादेवी प्रावी तथा पदमसुन्दर राई सरस्वती माविको व्यवस्थापन समितिका अध्यक्ष रहेको पाइन्छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार