राप्रपाका अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका अध्यक्षद्धय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीबीच पार्टी फुटको अढाई वर्षपछि बिहिवार भएको बैठकमा पार्टी एकीकरण गर्ने सहमति भएको छ ।

राप्रपा अध्यक्ष कमल थापाले केन्द्रीय समिति बैठकमा प्रतिबेदन पेश गरेलगत्तै पाटी एकीकरण हुने निश्चित भएपछि बैठ्क स्थगित गरेका थिए । पाटी एकीकरणका बिषयमा छिट्टै घोषणा हुने राप्रपा महामन्त्री राजेन्द्र लिङ्गदेनले जानकारी दिएका छन् ।

एकिकरण पछि तिनैजना थापा ,राणा र लोहनी अध्यक्ष हुनेछ्न भने केन्द्रिय समितिमा राप्रपाको ५५ प्रतिसत र संयुक्तको ४५ प्रतिशत हुने समेत बैठकमा सहमति भएको छ । राप्रपा पार्टीको विधानमा केन्द्रीय समिति एक सय ६३ जना रहने व्यवस्था छ । पार्टीको चुनाब चिन्ह र झण्डा आगामी महाधिवेशनबाट टुंगो लगाउन तीनै नेता सहमत भएका छ्न ।

पार्टीको नीति तथा सिद्धान्तको हकमा भने पार्टीको पछिल्लो महाधिवेशनको विधान लागू गर्न तीनै नेता सहमत भएको राप्रपा महामन्त्री राजेन्द्र लिङ्गदेनले बताउनु भयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार