वीरगंज,माघ १९ ,वीरगन्जमा चलिरहेकोे प्रदेश स्तरीय जुत्ता चपल व्यापार मेलामा ५०लाखको कारोवर भएको जनाइएको छ ।वीरगन्जको घन्टाघरको उत्तर तर्फको चौरमा संचालीत मेलाको १०दिनमा ५०लाखको कारोबार भएको नेपाली जुत्ताघरका अध्यक्ष होमनाथ उपाध्यायले बताए ।
माघ ९गते देखि वीरगन्जमा सुरु भएको प्रदेश स्तरीय जुत्ता चपल व्यापार मेलामा लगभग ७० हजार भन्दा वढि महिला तथा पुरुषहरुले मेला अवलोकन गरेको र ५०लाख मुल्य बराबरको जुत्ताचप्पल बिक्रि भएको जनाइएको छ । माघ ९देखि फागुन ९गतेसम्म चल्ने मेलामा नेपाल र भारतका ग्राहकहरु भिड बढदै गएको छ । करिब २ लाख ग्राहक तथा उपभोक्ताहरुलाई मेला अवलोकन गराउने लक्ष्य लिएपनि मेलाको १०दिनमै लगभग ५०लाखको लगभग १२हजार जोड जुता चपल बिक्रि भएकाले आफुहरु उत्साहित भएको नेपाली जुताघर प्रालिका अध्यक्ष होमनाथ उपाध्यायले बताए ।
सोचे भन्दा अवलोकन कर्ताको भिड बढे पछि आफुहरु हौसिएको बताउदै अध्यक्ष उपाध्यायले भने,‘हामिले सोचेभन्दा बढीले मेला अवलोकन गरेका छन् ,भारतीयहरुको रोजाइमा पनि नेपाली जुत्ता चप्पल लोक प्रिय बन्दै गएको छ’ । लगभग ३० देखि ४०हजारसम्म भारतीय रुपैयाहरु प्रतिदिन जुता चपलको बिक्रिमा कलेक्सन भइरहेको बताउदै अध्यक्ष उपाध्यायले भने,‘नेपाली जुत्ता चपल बलियो भएकोले पनि भारतीय रोजाइमा लोकप्रिय बन्दै गएको हो ’।मेलामा रहेका सातवटा विभिन्न कम्पनीका बेग्ला बेग्लै ब्रान्डका विभिन्न प्रकारका जुत्ता चप्पल बिक्रि भइरहेका छन । मेलामा पुरुष भन्दा महिलाको बढि उपस्थिती रहेको छ ।प्रतिदिन सरदर १२सयजोड जुत्ता चप्पल बिक्रि भइरहको मेला आयोजकले जनाएका छन ।स्वदेशी ब्रान्ड जुत्ता चप्पल सस्तो मूल्यमा बिक्री गर्नै लक्ष्यले मेलामा १५ देखि ५०प्रतिशतसम्म छुटमा विक्रि भइरहेको आयोजकले जनाएको छ ।
मेलामा एक लाख भन्दा बढी जोडी जुत्ताचपल बिक्री गर्ने लक्ष्य राखिएको मेला आयोजक समितिले जनाएको छ । मेलामा ७ वटा विभिन्न कम्पनिको १ हजार भन्दा बढि ब्रान्डका समान बिक्री भइरहेका छन् ।
मेलामा शिखर,रन,बिएफ डियर हिल,सुज ल्यान्ड,कोसेली,क्रस रोल,हिल गरी कुल ७ स्वदेशी कम्पनीको उत्पादन बिक्री भइरहेको छ ।
स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न र भिजिट नेपाल शुरु भएको देशमा देशको विभिन्न कुनाकपचाको उपभोक्ताहरुलाई सस्तो दाममा फूटवेयर अर्थात जुत्ता चपल बिक्री गरी स्वदेशी उद्योगलाई प्रवद्र्धन र संरक्षण गर्न मेलाको उदेश्य रहेको मेला सञ्चलक समिति जानकारी गराएको छ । ।