वीरगन्ज , २२ माघ ः वीरगन्ज महानगरपालिकाले महानगरका ३२ वटै वडामा आगामी फागुन १ गतेदेखी दादुरा रुबेला विरुद्धको खोप अभियान सन्चालन गर्न लागेको छ ।माहानगरमा फागुन १ देखि १३ सम्म २ चरणमा गरी दादुरा रुबेला विरुद्धको खोप अभियान संचालन हुने भएको हो ।
बुधबार वीरगंज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक महाशाखाले आयोजना गरेको नगर खोप समन्वय समिति , संचारकर्मी र सरोकारवालासंगको छलफल तथा अन्तकृया कार्यक्रममा खोप अभियानको बारेमा जानकारी गराईएको हो
महानगरपालिकाको १ देखी १६ नम्बर वडामा फागुन १ गतेदेखी ३ गतेसम्म र वडा नम्बर १७ देखी ३२ मा फागुन ४ गते देखी ११ गते सम्म खोप अभियान चलाईने महतोले जानकारी दिए ।महतोका अनुसार यो अभियान अन्तर्गत महानगरमा रहेका ९ महिनादेखी ५ वर्षसम्म्का १ हजार ६ सय २० जना बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउने लक्ष्य लिईएको छ ।
बाल मृत्युदरको प्रमुख कारण दादुरा रुवेला नै देखीएकाले महानगरमा फागुन १ गतेदेखी सुरु हुने खोप अभियानमा आफनो वडामा रहेको खोप केन्द्रमा अनिवार्य रुपमा पुगेर ९ महिनादेखी ५ वर्षसम्मका आफना बालबालिकालाई खोप लगाउन उनले नगरवासीसंग आग्रह गरे ।नगर प्रमुख सरावगीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख शान्ति कार्की , ३२ वटै वडाका वडा अध्यक्ष , जनस्वास्थ्य कार्यालयका प्रमुख , विधालयका शिक्षक ,शिक्षिका , चिकित्सक , स्वास्थ्यकर्मी , सन्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।