अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको भानु नगरपालिका वडा नम्बर १३ का वडा सदस्य र इन्जिनियरलाई घुस रकम सहित पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वडा सदस्य कृष्णबहादुर अधिकारी र इन्जिनियर सुकदेव अधिकारी छन् ।

निर्माण सम्पन्न भएको विद्यालय भवनको भुक्तानीका लागि कार्यसम्पन्न प्रतिवेदन बनाइदिए वापत सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिँदा लिँदै आयोगको पोखराबाट खटिएको टोलीले उनीहरुलाई सोमबार पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अनुसन्धान अघि बढाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार