झापाको हल्दिवारी तोरीमा आत्मनिर्भर हुदै गएको छ ।हल्दिवारी गाउँपालिका २ नम्बर वडाले किसानलाई तोरी खेतीमा प्रोत्साहन गरेपछि किसानहरु तोरी खेती तिर लागेको वडा अध्यक्ष राजेन्द्र योङहाङ बताउनु हुन्छ ।
अध्यक्ष योङहाङ्का अनुसार २९६ किसानलाई २ पटक तोरी सम्बन्धि तालीम दिएको छ भने तोरी तथा अन्य खेतीको लागि किसानलाई बिधुतिय मटर समेत बितरण गरेको छ । तोरी खेतिमा व्यवसायी रूपमा लाग्न किसानलाई मल ,बियु लगायत आवश्यक सहयोग पुर्याउन वडा लागी परेको योङहाङ बताउछन् ।
साविक हल्दिवारी ६,७,९ मा किसानले २ सय बिघा भन्दा बढि तोरी खेती गरेका छ्न भने उक्त खेतिबाट ४ हजार मन भन्दा बढी तोरी उत्पादन हुने एकता बहुउद्देश्यीय सहकारीका अध्यक्ष गङ्गा सागर सिवाकोटी बताउछ्न ।
सहकारी अध्यक्ष सिवाकोटीका अनुसार हल्दिवारी गाउँपालिका र सहकारीको ९ लाखको (५०/५० )लगानीमा तोरी मिल पनि आजदेखी संचालन भएको छ। हल्दिवारीको खार्साङ्गवारीमा संचालन भएको तोरी मिल ठुलो भएको र किसानको तोरी समेत किनि व्यवसायीक रूपमा अगाडि बड्न लागिएको सिवाकोटी बताउछ्न ।
हल्दिवारी गाउँपालिकाले किसानलाई मल र बियु राम्रो उपलब्ध गराई तालिमको राम्रो प्रवन्ध गर्ने हो भने यहाँ बार्षिक लाख मन भन्दा बढी तोरी उत्पादन गर्न सकिने कृषि बिज्ञहरु बताउछ्न।
हल्दिवारी गाउँपालिकाको १,२,५ र झापा रोड दक्षिणको भुभाग तोरी खेती को लागि योग्य जमिन रहेको समेत बिज्ञहरुको भनाई छ । बिना तालिम पनि समग्र हल्दिवारीमा यश बर्ष १० हजार मन तोरी उत्पादन हुने अनुमान गरिएको छ।