काठमाण्डौ – काठमाण्डौमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ ।मङ्गलबार राति शङ्करापुर नगरपालिका ६ को धोला टोलमा टिप्परले ठक्कर दिँदा स्थानीय बासिन्दा प्रविण श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।

टिप्परको ठक्करबाट घाइते भएका श्रेष्ठको उपचारको क्रममा मङ्गलबार राति नै ज्यान गएको हो । ठक्कर दिने ना १ क ४५६४ नम्बरको टिप्पर चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

टिप्परबाट हुने दुर्घटना रोक्नकै लागि काठमाण्डौमा दिउँसोको समयमा टिप्पर चलाउन नपाउने नियम लागू भए पनि रातिको समयमा टिप्पर तीव्र गतिमा हुइँकिँदा दुर्घटना कम हुन सकेको छैन ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार