अनेरास्ववियु मेची बहुमुखी क्याम्पस कमिटी द्दारा प्रजातन्त्र दिवसको अवसरपारेर आज बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेकपाका झापा नेता हिक्मत घिमिरेको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेको अनेरास्ववियु नेतृ सरस्वती चम्लागाईले जानकारी दिएकी छ्न ।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा झापाको प्राविधिक सहयोग रहेको उक्त रक्तदान कार्यक्रममा छात्रा रक्तदाताहरुको उपस्थित बाक्लो रहेको थियो

अनेरास्ववियु नेत्री सरस्वती चम्लागाईको संयोजकत्वमा भएको उक्त रक्तदान कार्यक्रमको सहजीकरण कारण प्रकाश आचार्यले गरेका थिए। रक्तदान शुभारम्भ गर्नु अधि सहिद राम थापाको शालिकमा माल्यपण समेत गरिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार