रेखा घिमिरे ,१३ फाल्गुन ।हल्दिवारी गाउँ गाउपालिकाले आ.व. ०७६/७५७को “हल्दिबारीको बाचा झापा भरी माछा ” स्वीकृत कार्यक्रम अन्तर्गत किसानहरुको लागि २३ लाख बराबरको माछा पोखरी बिस्तार कार्यक्रम गर्ने भएको छ ।

हल्दिबारी गाउँपालिकाका सबै वडा एवम् सामुदायिक बिधालयमा समेत नयाँ माछा पोखरी बिस्तार कार्यक्रम रहेको गाउँपालिकाले प्रकाशित गरिएको सूचनामा जनाइएको छ ।

किसानलाई कम्तिमा ३ कठ्ठा देखि ५ कठ्ट्ठा नयाँ पोखरी निर्माण गर्न प्रती कठ्ठा १० हजार अनुदान दिने जनाइएको छ । सामुदायिक बिधालयको हकमा भने १ बिघा क्षेत्रफलमा पोखरी बिस्तार गर्नु पर्ने छ ।

कार्यक्रमा नयाँ माछा पालन कृषकहरुको लागि मात्र रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगरले बताउनु भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार